धम्मयात्रा कार्यक्रम योजना

“The preservation of Home, Temple, School & Five precepts observing”

 

१,२५० ( एक हजार दुई सय पचास)  जना बौद्ध भिक्षुहरु धम्मकाय ज्ञानका खोजकर्ता महान् गुरु फ्रा मोङ खोन थेपमुनि                   ( सोद चन्दसरो ) भन्तेज्युको जीवनमा विशेष महत्त्व राख्ने ठाउँहरुको स्मरण गर्दै यात्रा गर्नुहुनेछ ।  

भिक्षुको जीवन सबभन्दा महान र पवित्र जीवन हो । यो एक उदाहरणीय जीवन हो, जसले संसार चक्रबाट आउँने भयलाई चिन्ने र गृहस्थ जीवनबाट निम्त्याउने दुःखलाई बुझेको हुन्छ । गृहस्थहरुको जीवन प्राय जसो विवाह पछि आउँने

जिम्मेवारीहरुको वरिपरि नै धुमिराख्ने हुन्छ । कुशल कर्म गरी निर्वाण प्राप्त गर्ने तिर समय दिनु एक चुनौतिपूर्ण विषय हुन्छ ।

भिक्षुको जीवन सांसारिक जीवन भन्दा अलग हुन्छ । यसै कारण आफुलाई चिन्ता र मोहरुबाट मुक्त राख्न सक्नु हुन्छ । भिक्षुको शारीरिक क्रियाकलाप, बोलि वचन र सोच विचारहरु मर्यादित, निर्मल र विनम्र हुन्छ । भिक्षुले, आफुलाई शिल, समाधि र प्रज्ञा, ज्ञानको विकास गर्ने कार्य तिर केन्द्रित हुनुहुन्छ । 

धम्मयात्रा भनेको के हो ?

जब कोही ब्यक्ति बौद्ध धर्ममा भिक्षु हुन्छ । त उहाँले आफुमा अनुशासित हुने, आदर गौरब गर्ने र सहनशीलताको विकास गर्ने तालिम अभ्यास लिनै पर्ने हुन्छ । “ धम्मयात्रा ” एक नयाँ भिक्षुहरुले त्यस प्रकारको अभ्यास गर्ने एक कार्यक्रम हो ।

धम्मयात्रा शब्द “ धम्म ” र “ यात्रा ” मिलेर बनेको हो । “ धम्म ” को अर्थ कुशल कर्म हो भने “ यात्रा ” को अर्थ लाग्नु हो । त्यसकारण धम्मयात्राको अर्थ कुशल कर्म तिर लाग्नु वा अधि बढ्नु हो । अथवा कुशल कर्म संगै प्रस्थान गर्नु हो । तसर्थ धम्मयात्रा भन्नाले धर्मलाई अगाडि बढाउँनु वा धर्मलाई साथ लिई प्रस्थान गर्नु भन्ने हुन्छ । उहाँ बुद्धले भिक्षुहरुमा रहेको क्लेश ( अशुद्धता, अपरित्रता ) लाई हटाउँन दिइएको शिक्षा अनुसार ठूलो संङ्ख्यामा भिक्षुहरु विभिन्न क्षेत्रहरुमा चारिका गर्नुको मुख्य उद्देश्य नै गुणधर्म चारै तिर फैलाउँनु हो ।

यो नवौं धम्मयात्रा कार्यक्रम ई.स. २०२१ जनवरी २ देखि ३१ सम्म चल्छ र यसमा १,२५० जना भिक्षुहरु सहभागी हुदैँ हुन हुन्छ । धम्मयात्रा मार्ग भरी श्रद्धालुजनहरुले स्वागत सम्मान गर्ने अवसर प्राप्त गर्छन् । यसको साथै त्रिरत्नलाई सम्मान स्वरुप धम्मयात्रा मार्ग भरी फुल पुष्पले सजाउँने छन् । भिक्षुहरुको एक विशाल समुह शान्त पूर्वक एकवद्ध भएर यात्रा गरी गरी राखेको दृश्यले श्रद्धा नभएकाहरुमा श्रद्धा जगाउँने छ, र पहिले नै श्रद्धा हुनेहरुको श्रद्धा अझ बलियो बनाइदिने छ ।

भगवान बुद्धमा असिम श्रद्धा राखेर मानिसहरुले धर्मयात्रा मार्ग भरी पुष्प फुलहरुले ढाकिने कार्य बुद्धको पालामा पनि रहेको तथ्य त्रिपिटक ग्रन्थहरुमा लेखिएको पाइन्छ । एक समयमा वैशाली नगर ठूलो प्रकोप भोगी बस्नु पर्ने थियो । मृत्यु हुनेको संङ्ख्या अत्यन्त उच्च भई जनताले धेरै नै संकट भोगि राख्नु पर्ने थियो । त्यो समयमा भगवान बुद्धलाई वैशाली नगरमा निमन्त्रणा दिइएको थियो । भगवान बुद्ध र उहाँका ५०० जना भिक्षुहरुले राजकिय छाड्दा, राजा विम्विसारले लगभग ८० किलो मिटर सम्म झण्डा, ब्यानर, पाँच रंगका फूलहरु, छत्रहरु र अन्य विभिन्न फूलहरु प्रयोग गरी बाटो तयार गरेको उल्लेख छ । भगवान बुद्धलाई स्वागत गर्न दश थरीका फूल पत्तीहरुले सजाइएको बाटो सफा गर्न स्थानिय बासिस्दाहरु पनि आएको उल्लेख छ ।

महान गुरु भिक्षु फ्रा-मोङ-खोन-थेप-मुनि ( वाट पाकनाम ) भन्तेज्यूको जीवनका महत्त्वपूर्ण ठाउँहरुमा धर्मयात्रा गर्नु पर्ने गरी किन अति महत्त्वपूर्ण हुनु हुन्छ ?

धम्मयात्रा कार्यक्रम अवधिभर भिक्षुहरु आफुमा साधना र धर्म अभ्यासले निपूण गर्ने अवसर मात्र प्राप्त गरेको नभई, धम्मकाया ध्यानका पूनःखोजकर्ता  महान गुरु भिक्षु फ्रा-मोङ-खोन-थेप-मुनि ( सोद चन्द-सरो ),  भन्तेज्यूको असिम करुणा सङ्गाल्ने अवसर पनि पाउँनु हुनेछ । उहाँले आफुमा भएको सदगुण र क्षमतालाई प्रवाह गरी आफ्नो सदाचारी जीवन भगवान बुद्धका पाइला पन्छाउँनेमा बिताउँनु भयो । उहाँले आफुलाई निरन्तर रुपमा धर्म अभ्यास गर्नेमा, अरुलाई ज्ञान-धर्म सिकाउँनेमा र जनलाई धम्मकाया प्राप्त गराउँनको लागि ध्यान प्रशिक्षण गराइ राख्नु हुन्थ्यो । अन्तमा स्वदेशी र विदेशी जति पनि उहाँले सिकाएको कुरालाई अभ्यास गर्नेहरु थिए । तिनीहरु सबले जीवनको मुख्य लक्ष्य के हो भन्ने कुरा र बुद्धधर्म नै सब भन्दा बढी भय मुक्त शासन हो भनी बुझ्नु भयो ।

उहाँ महान गुरु ज्यूको जीवनमा अहत्त्व राख्ने ७ वटा स्थानहरु यस धम्मयात्रा कार्यक्रम अन्तरगत समेटिएको छ ।

१.जन्म स्थान

“ लोटस ल्याण्ड ” ( कमल फुलको भुमि ) जुन सअङ-फि-नङ, सुफान बुरी प्रदेशमा पर्दछ । यो स्थलमा फ्रा-मोङ-खोन-थेप-मुनि स्मृति भवन पनि निर्माण गरिएको छ ।

२.जीवन भर प्रव्रजित ( गृहत्याग गर्ने ) हुनेछु भनी प्रतिज्ञा गरेको ठाउ

खलङ बाङ-नाङ-थ्यान, साम-फरान जिल्ला, नखन पठोम अञ्चल ।

३.प्रव्रजित ( गृहत्याग गर्ने ) भएको ठाउ

वाट सअङ-फि-नङ विहार, सुफान-बुरी प्रदेश ।

४.धम्मकाय ज्ञान प्राप्त गरेको ठाउ

वाट बोट बोन विहार, खलङ बाङ-खु-नोई, नोन्ठ-बुरी प्रदेश ।

५.प्रथम पटक धम्मकाय ध्यान प्रचार गरेको ठाउ

वाट बाङ-पला विहार, बाङ-लेन, नखोन-पथोम प्रदेश ।

६.उहाँ महान गुरु ज्यूको धम्मकाय ध्यान विधि प्रशिक्षण गृह

वाट पाक-नाम विहार, फासी- चरण, ब्याङकअक ।

७.धम्मकाय प्रचारको लागि विश्व केन्द्र

( विश्वमा बुद्धधर्म र धम्मकाय ध्यान भावना प्रचार-प्रसार गर्न महान गुरुहरुले चाहनु भएको ठाउँ ) वाट फ्रा धम्मकाय विहार, खलङ-ल्हुवं, पठुम-ठानि ।

महान गुरु भन्ते ज्यूका यी महत्त्वपूर्ण स्थानहरु, उहाँले आफ्नो युवा अवस्था देखि बृद्ध सम्मको उमेरमा पुण्य पारमिताको पछि लागि गरिएका कार्यहरुको एतिहासिक अभिलेखहरु हुन् । पछि भविष्यमा आउँने पुस्ताहरुले उहाँ महान गुरु भन्तेको जीवनी र उहाँका अनमोल शिक्षाहरु अध्ययन र सराहना गर्ने सकोस् भनी उहाँका वफादार अनुयायीहरुले आफ्नो असिम सम्मान समर्पणको रुममा प्रत्येक एक स्थानमा सुनको मुर्ति स्थापना गरिएको छ । जब उहाँका शिक्षाहरु अध्ययन र अभ्यास हुन्छन् । आश्चर्यजनक चीजहरु आफ्नो जीवनमा धट्ने हुन्छ ।

धम्मयात्राबाट भिक्षुहरु, गृहस्थहरु र समाजले के पाउँछ ?

भिक्षुहरुले यस धम्मयात्राबाट अनुशासन, सम्मान, लगनशीलताको अभ्यास गरी ठूलो समुहमा बस्दा आफुमा लचिलोपन भन्नाले सब संग मिलेर बस्न सक्ने गुणको विकास हुन्छ । धम्मयात्रा भनेको पैदल गरी धर्मलाई आफु संगै राखि चारिका गर्ने भएकोले चक्रमण ध्यान संग पनि मिल्न आउँछ । यसरी हिड्नु परेको कारणले कसरत भई शरीर बलियो हुने र रोग पनि कम लाग्ने हुन्छ । जसबाट भिक्षुहरुको शरीर आराम र विलासिता सहित भौतिक चीजहरुबाट अलग्ग हुने र तिनीहरुमा हुने प्रलोभन पार भई इन्द्रिय संयमको अभ्यास हुन्छ ।

धम्मयात्रामा आएका भिक्षुहरुलाई स्वागत गर्न आएका मानिसहरुले महान पुण्य प्राप्त गर्दछ । किनकि भिक्षुलाई देख्नु भनेको मंगल हो । यसरी जसले भिक्षुलाई देखेर आदरपूर्वक स्वागत र सम्मान गर्दछ । उसमा श्रद्धा विकास भै असिम पुण्य प्राप्त गर्ने हुन्छ ।

नवौं धम्मयात्रा परियोजनामा स्थानीय बासिन्दाहरुलाई धम्मयात्रा भिक्षुहरु संग मिलेर विभिन्न असल गतिविधिहरु गर्ने अवसर प्राप्त हुन्छ ।

१.सामुहिक विहारहरु सफा र मर्मत गर्ने ।

२.धर्मका कुराहरु सुन्न पाउँने ।

३.विहार र बेलुकाको पूजा पाठ गर्न र धम्मचक्र सुत्र पाठ गर्न पाउँने ।

४.ध्यान भावनाको अभ्यास गर्न पाउँने ।

५.विहान विहानै भिक्षादान गर्न पाउँने ।

६.१०१ वटा विहारहरुमा संघदान गर्न पाउँने ।

७.धम्मयात्रामा आउँने भिक्षुहरुको बाटोमा फुल पातहरु छर्न पाउँने ।

८.त्रिरत्न र महान ध्यान गुरु भन्ते ज्यूलाई श्रद्धाञ्जलिको रुपमा प्रदिप पूजा गर्न पाउँने ।

यी बौद्ध सांस्कृतिक गतिविधिहरु हुन् । जसले समाजमा नैतिकता जगाउँदछ, र धर विहार मठ-मन्दिर र विद्यालय भित्रको समुदाय एकतालाई प्रोत्साहित गर्दछ । युवा र आम जनता बीच बौद्धधर्म माथिको विश्वासलाई सुदृढ बनाइनेछ । सबैलाई बौद्धधर्म र यसको संस्कृतिको बारेमा जान्ने मौका हुनेछ । जसले दया, अनुकम्पा, नम्रता र प्रेमलाई बढावा दिन्छ । बौद्धधर्म प्रतिको प्रेम र समर्थनले भविष्यका पुस्ताहरुका लागि फाईदाजनक गतिविधिहरु गर्न मद्दत गर्दछ ।

तसर्थ यो धम्मयात्रा परियोजना बौद्ध भिक्षुहरु देखि लिएर सबैको लागि लाभदायक हुनेछ । भिक्षुहरु जो आफ्नो शरीर वचन र मनलाई शुद्ध गरी सर्वसाधारण मानिसहरुका लागि उदाहरणीय ब्यक्ति बन्ने हुन्छ । यसरी भिक्षुहरुको गुणधर्म अभ्यास गतिविधिबाट अरुलाई पनि राम्रो कुशल काम गर्नको लागि प्रेरित गर्दछ । यसरी यो सम्पूर्ण देश भरी फैलिनेछ र अन्ततः विश्व शान्तिको लागि नेतृत्व गर्दछ ।